Loading...
Logo
Image

भारतीय अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण

भारतीय चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको छ।

उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी ट्वीटमार्फत दिएका छन्  । बिबिसीका अनुसार उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ।

कोरोना भाइरसको संक्रमणबारे जानकारी दिंदै उनले  भनेका छन्, 'मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ ।'

पछिल्ला दस दिनमा जो आफ्नो सम्पर्कमा आएका छन् उनीहरुलाई आफ्नो कोरोना भाइरस परीक्षण गराउन पनि उनले आग्रह गरेका छन् ।

अभिनेता अमिताभ बच्चनसँगै उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। 

अभिषेकले ट्वीट गर्दैै आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

ट्वीट गर्दै उनले भनेका छन्, 'मेरा बुवा र मलाई कोरोना संक्रमण भएको छ। हामी दुवैलाई कोरोनाका सामान्य लक्षणहरू देखा परेका छन्। हामीले सबै सम्बन्धित निकायलाई खबर गरिसक्यौं र हाम्रा परिवारका अन्य सदस्यहरूको पनि परीक्षण भइरहेको छ। म सबैलाई शान्त रहन र नआत्तिन आग्रह गर्छु। धन्यवाद।'

Comments

KATHMANDU WEATHER