
जनता समाजवादी पार्टी (जसपा)ले दल दर्ताको आधिकारिकता पाएको छ। निर्वाचन आयोगले आइतबार सो दललाई जनता समाजवादी पार्टी बनेको आधिकारिकता दिएको हो।
राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरणका लागि गत २५ जेठमा दिइएको निवेदन उपर छानबिन सकिएपछि निर्वाचन आयोगले प्रमाणपत्र दिएको हो ।
‘राजनीतिक दलसबन्धी ऐन, २०७३ को दफा १० बमोजिम देहायका राजनीतिक दलहरू एकआपसमा एकीकरण भई जनता समाजवादी पार्टी नेपाल नामक राजनीतिक दल कायम रहने गरी आयोगबाट निर्णय भएकाले यो प्रमाणपत्र दिइएको हो’, आयोगले भनेको छ ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले एकीकरण गरेर जनता समाजवादी पार्टी घोषणा गरेका थिए। सरकारले वैशाख ८ गते दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएपछि महन्थ ठाकुरको संयोजकत्वमा रहेको राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले त्यसलगत्तै दुई पार्टी एकताको घोषणा गरेका थिए।
-
2 weeks ago
पूर्वराजालाई कारबाही गर्न माओवादीको माग
-
2 weeks ago
नेकपा एसको कार्यालयमा पुगे ओली
-
1 month ago
नेपालमा फैलियो हङकङ फ्लुको प्रकोप
Comments