- काठमाडौं मोडेल कलेजमा कोरियन विश्वविद्यालयसँगको सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न
- मानवअधिकार आयोगले माग्यो बालमन्दिर जग्गा अनियमिततासम्बन्धी अनुसन्धानको प्रतिलिपि
- पर्यटन प्रवर्द्धन गर्न ‘ऐना पोखरी' महोत्सव
- यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति दिइने
- निजामती सेवाबाट श्रेणी हट्यो, अब तहगत संरचना

बागमती प्रदेशको उत्तरी क्षेत्रमा पर्ने सिन्धुपाल्चोकका बाढी-पहिरोपीडितको घर प्रदेश सरकारले निर्माण गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकले बाढीपहिरोका कारण पूर्ण रूपमा क्षति भएका घरहरू प्रदेश सरकारले निर्माण गर्ने निर्णय गरेको हो । घर निर्माणको लागि सम्बन्धित स्थानीय तहले जग्गा उपलब्ध गराउनु पर्नेछ ।
‘स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरूका लागि घर निर्माण गरिदिने निर्णय गरेको छ,’ मुख्यमन्त्री पौडेलले भने । सिन्धुपाल्चोकका बाढी-पहिरोपीडितहरूलाई तत्काल राहत पनि उपलब्ध गराउने भएको छ ।
क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत् राहत उपलब्ध गराउन लागेको पौडेलले बताए । बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोसी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री पौडेलले शिलापत्रलाई जानकारी दिए ।
प्रदेश सरकारबाट उपलब्ध रकमबाट स्थानीय तहले कार्यविधिअनुसार राहत, घाइतेको उपचार, पुनर्स्थापनालगायतका काम गर्न सक्नेछ । यसअघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम १ लाख रुपैयाँ पनि तत्काल उपलब्ध गराइने प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिएका छन् । आइतबारसम्म राहत रकम स्थानीय तहमा पठाइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
यसैगरी, समितिको बैठकले थप ३ जना प्रदेशसभा सदस्यहरूलाई समितिमा मनोनित गर्ने निर्णय पनि गरेको छ । समितिका सदस्यहरूमा राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा र इन्द्रमाया गुरुङलाई मनोनित गरिएको आन्तरिक मामिलामन्त्री जम्कट्टेलले जानकारी दिए ।
शुक्रबार बसेको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्र बहादुर बानियाँलगायत मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।
Comments