Loading...
Logo
Image

बलिउड फिल्ममा डेव्यु गर्दै बिपिन कार्की

भिनेता विपीन कार्कीले बलिउड फिल्मले डेब्यु गर्ने भएका छन् । उनलाई निर्देशक सन्दीप रेड्डीले निर्देशन गरेको फिल्म ‘एनिमल’का लागि प्रस्ताव आएको हो ।

एक हप्ताअघि निर्देशकका भाइले मलाई फोन गरेर फिल्म खेल्ने प्रस्ताव गरेको र आफ्नो भूमिका सम्मानजनक नै रहेको जानकारी गराएको विपीनले बताएका छन् ।

फिल्म एनिमलमा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिणिति चोपडाको अभिनय छ । बलिउड क्षेत्रमा स्थापित कलाकारसँग काम गर्न पाउने कुराले विपीन उत्साहित छन् । फिल्मको सुटिङ अहिले भइरहेको छ । विपीनलाई अगस्टमा सुटिङका लागि तयार रहन निर्देशकले आग्रह गरेका छन् ।

स्रोत: Shilapatra

Comments

KATHMANDU WEATHER