
प्रदेशसभाको दुइतिहाइ भन्दा बढी मतले स्थायी राजधानी जनकपुर कायम गर्ने निर्णय गरेपछि प्रदेश २ को नामकरणका लागि मतदान सुरु भएको छ । जनकपुरधाम स्थित प्रदेशसभामा प्रदेशको नामकरणका लागि मतदान सुरु भएको हो ।
यसअघि आजैको प्रदेशको स्थायी राजधानीका लागि मतदान भएको थियो । पहिलो चरणको मतदानबाट प्रदेश सभाले स्थायी राजधानीमा जनकपुर चयन गरिसकेको छ ।
सभामुख सरोजकुमार यादवले सोमबार दोस्रो बैठक राखेर प्रदेशको नामाकरण गर्नेबारे मतदान गराएका हुन् ।
Featured News
-
17 hours ago
उत्पादन कर्णालीमा, काठमाडौंमा व्यापार
-
-
Comments