मधेश प्रदेश सरकारले मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरेको छ ।
प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राखिएपछि प्रदेश सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिने भएको हो ।
मधेश प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र स्थायी राजधानी तय भएकोले त्यसैको खुशियालीमा मंगलबार प्रदेशमा बिदा दिइने बताए ।
‘आज नाम र राजधानी तोकिदा सबै प्रदेशबासी खुशी भएका छन्, त्यसैले सार्वजनिक विदा दिने निर्णय भएको छ ।’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रदेशसभाको आज बसेको बैठकले प्रदेश राजधानी जनपुर कामय गरेको थियो भने प्रदेशको नाम मधेश प्रदेश कायम गरेको थियो ।
नाम मधेशको पक्षमा ८० र राजधानी जनकपुधामको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए।
Featured News
-
5 minutes ago
मनाङमा यसवर्ष पहिलो पटक हिमपात
-
-
Comments