Loading...
Logo
Image

स्रोत नखुलेको ९ लाख ९० हजार सहित दुई जना पक्राउ

स्रोत नखुलेको नौ लाख ९० हजार रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको सप्तरी प्रहरीले जनाएको छ । 

राजविराज नगरपालिका–५ मा मोटरसाइकल जाँच गर्दा रकमसहित पक्राउ परेका चौधरी र मण्डललाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

Comments