
काठमाडौं उपत्यकामा सवारी साधनमा लगाउदै आएको जोर बिजोर प्रणाली सार्वजनिक सवारीमा लागू नहुने भएको छ । अब निजी सवारी र ट्याक्सीमा मात्र जोर बिजोर प्रणाली लागू हुने भएको छ । यसअघि बस, माइक्रोबस र टेम्पोहरुमा पनि लागू गरिएको जोर बिजोर प्रणाली भने हटाइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
सो निर्णय आज मध्यरातिबाट नै लागू हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
यसअघि शुक्रबार नै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
Featured News
-
-
1 month ago
साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका
-
1 month ago
फाल्गुनन्द–३ का वडाध्यक्ष सुखवीर नेम्वाङको निधन
Comments