Loading...
Logo
Image

जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । उनका अनुसार बालुवाटारमा शनिबार बसेको बैठकले संविधान अनुसार कानुन संशोधन गरेर जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने प्रवक्ता कार्कीले बताए ।
स्थानीय तहको निर्वाचन मिति सार्ने बहाना खोजिरहेका सत्ता गठबन्धनका नेताहरु चौतर्फी दबाब र बिरोधपछी जेठमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका हुन् ।

Comments