
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनका क्रममा शहीद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख राख्न निर्देशन दिएका छन् ।
आइतबार शहीद दिवसका अवसरमा शहीद स्तम्भ लैनचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरूको सत्यतथ्य विवरणको एकीकृत अभिलेखराख्न आवश्यक भएको भन्दै शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
कार्यक्रममा संवोधन गर्दै देउवाले भने, ‘मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा शहीद भएका सबै शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको हुँदा म सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य अघि बढाउन निर्देशन दिन चाहन्छु’ ।
देउवाले शहीदहरूले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै शहीदहरूको परिकल्पनाअनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनु पर्ने बताए ।
-
17 hours ago
उत्पादन कर्णालीमा, काठमाडौंमा व्यापार
-
-
Comments