Loading...
Logo
Image

एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की

नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टको घरमा २ अज्ञात व्यक्ति पुगेर ज्यान मार्ने धम्की दिएका छन् । 

भट्टलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएका हुन् । भट्ट र परिवारका सदस्य कोहि नभएको बेला बेला २ जनाले घरमा पसेर धम्की दिएको बताइएको छ ।   भट्टको घरमा प्रवेश गरेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको प्रहरिले जानकारी दिएको छ । 

प्रहरिकाअनुसार धनगढी उपमहानगरपालिका-१४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका-२ बस्ने दीपेन्द्र विकलाई पक्राउ गरिएको हो । दुवैलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ । बिहान ८ बजेको समयमा म घरमा नभएको बेला घरमा आएर मन्त्री त्यसलाई ठिक पार्छौ भन्दै धम्की दिएको भट्टले बताए ।

Comments

KATHMANDU WEATHER