एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै पत्र पठाएको छ । जवाफमा नियामकको प्रावधान पालना गर्ने र सेयर खरिद बिक्रीको स्वीकृतिका लागि प्राधिकरणलाई निवेदन गरिने एनसेलले पत्रमार्फत प्रतिवद्धता जनाएको छ ।
अर्थ समितिको आजको बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिदबिक्रीबारे एनसेलसँग जानकारी माग गरिएकोमा त्यसको जवाफ प्राप्त भएको बताएका छन् । तर प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सीईओलाई कानूनको दायरामा ल्याउन कानून नभएको प्रष्टीकरण दिए । एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अप्ठ्यारो रहेको उनले बताए ।
समिति सदस्यको सवालको जवाफ दिँदै खनालले कानून बनाउन खोज्दा पनि संसदबाट ड्राफ्ट फर्काइएको बताएका छन् । शेयर खरिदबिक्री प्रक्रिया रोक्न कम्पनी रजिस्ट्रार कार्यालयमा पत्राचार गर्दा रोक्न नमिल्ने जवाफ पठाएको उनले बताए ।
उनका अनुसार एनसेलको शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले मङ्सिर १५ गते पत्राचार गरेकोमा मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ । शेयर खरिदबिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको बताएको छ ।
-
3 months ago
रास्वपाले आगामी असोजमा दुई दिने राष्ट्रिय भेला गर्ने
-
-
Comments