त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
यूएईबाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेलाई बिहीबार राति १४ किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
उनी फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राति काठमाडौं उत्रेका थिए । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । सुराकीको आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ । छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाएर ल्याएको ७ वटा सुनको विस्कुट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले बरामद गरेको हो । विशेष सूचनाका आधारमा विमानस्थलमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर जाँच गर्दा सुनका ७ वटा विस्कुट बरामद भएका थियो । विमानस्थलमा ओर्लिने वित्तिकै भन्सार र प्रहरीको टोलीले घलेलाई नियन्त्रणमा लिएको थियो । एक्सरेमा जाँच गरेर उनलाई कपडाभित्र लुकाएको सुन निकालिएको थियो । उनले जुत्तामा समेत सुन लुकाएको पाइएको भन्सारले जनाएको छ ।
पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ । उनको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको खुलेपछि उनलाई पनि बिहीबार राति नै धुम्बाराहीबाट पक्राउ गरिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।
-
3 months ago
रास्वपाले आगामी असोजमा दुई दिने राष्ट्रिय भेला गर्ने
-
-
Comments