Loading...
Logo
Image

एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा कोशी प्रबेश गर्दै, यात्रामा अवरोध नगर्न एमालेको अपिल, अवरोध गर्न खाेज्ने पहिचानवादी पक्राउ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा आजदेखि कोशी प्रदेश प्रवेश गर्दैछ । 

नेकपा एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न एमालेले अपिल गरेको छ । आजदेखि कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरिएकाे हो । नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताए । उनले प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरूलाई अवरोध सिर्जना नगर्न आग्रह गरे ।

कोशी प्रदेशको नामको सवाल कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रूपमा प्रदेश सभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्ने बताए । कोशी प्रदेश नामाकरणमा एमालेसहित नेपाली कांग्रेस,  नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएकाले नेकपा एमालेलाई मात्रै निशाना बनाइ गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने जिकिर गरे । 

यसैबिच एमालेको संकल्प यात्रालाई अवरोध गर्न आह्वान गरिएको बन्दका क्रममा खोटाङको हलेसीबाट पहिचानवादीलाई प्रहरिले पक्राउ गरेको छ । मध्यपहाडी राजमार्गमा ढुङ्गा लडाएर जबर्जस्ती बन्द गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खोटाङका राजेश राई, गन्जमान राई, विजय राई लगायत रहेका  छन् ।

एमालेको संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दसम्मका आन्दोलन घोषणा गरेपछि यहाँ सुरक्षा निगरानी बढाइएको छ ।

सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी-हर्कपुर आउने कार्यक्रम छ । सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरुले बन्दको आव्हान गरेका छन् ।

Comments