समान्य रूपमा भन्नुपर्दा हाइबरनेसन त्यो प्रक्रिया हो जसमा चिसो छल्न प्राणीहरू केही पनि नखाईकन लामो समयका लागि गुप्तवासमा जाने गर्दछन्। तर हाइबरनेसनको वास्तविक रहस्य भने त्यसपछि मात्रै सुरु हुन्छ ।
यहाँ बुझ्नुपर्ने विषय के छ भने चिसो सबैलाई लाग्छ तर पनि केही प्राणी मात्रै किन हाइबरनेसनमा जान्छन् त ? यसलाई बुझ्नका लागि हामी जीव विज्ञानको गहिराइमा जानुपर्ने हुन्छ । यो संसारमा दुई प्रकारका प्राणी छन्। एकथरि छन्इन्डोथर्मिक अर्थात तातो रगत भएका प्राणी र अर्काथरि छन् एक्जोथर्मिक अर्थात चिसो रगत भएका प्राणी । तातो रगत भएका प्राणी तिनीहरूलाई भनिन्छि जसले आफू वरिपरि रहेको वातावरणका हिसाबले शरीरको तापक्रम घटबढ गराउन सक्छन्। त्यस कारण उनीहरू आफूलाई माहोल अनुसार सहजै ढाल्न सक्छन्। तर चिसो रगत भएका प्राणीहरुले भने वरिपरि रहेको वातावरणका हिसाबले शरीरको तापक्रम घटबढ गराउन सक्दैनन्। मतलब उनीहरूको शरीरमा वातावरण अनुसार आन्तरिक ताप उत्पादन गर्ने क्षमता हुँदैन । त्यस कारण उनीहरूलाई बाहिरी स्रोत अर्थात्सूर्यको सहाराले नै जीवन जलाउनुपर्ने हुन्छ । प्रायः सबै प्राणीमा एउटा सन्तुलित तापक्रमको आवश्यकता पर्ने हुन्छ । जस्तो कि हामी चिसो रगत भएको प्राणी कछुवालाई नै हेर्न सक्छौं जसलाई तातो आवश्यक भएपछि पानीभन्दा बाहिर निस्केर घाम ताप्ने गर्दछ । तर जब उसको शरीर आवश्यकताभन्दा बढी तातो हुन्छ तब पानीमा जान्छ । यसरी उसले आफ्नो शरीरको तापक्रम सन्तुलित राख्ने गर्दछ । यो उपायद्वारा चिसो रगत हुने यी जिबहरुले गर्मीको समयमा
मात्र आफूलाई सन्तुलनमा राख्न सहज हुने गर्छ किनकि यो मौसममा सूर्यको तापक्रमका कारण उनीहरूले आफ्नो शरीरको तापक्रम सन्तुलित राख्ने गर्छन । तर जब चिसो मौसम सुरु हुन्छ तब उनीहरूलाई समस्या पर्न थाल्छ । त्यसैले सबै घस्रेर हिँड्ने प्राणी चिसो सुरु हुनेबित्तिकै तातो स्थानको खोजी गरेर लामो समयका लागि सुत्न जाने गर्दछन्। र तातो मौसम सुरु भएपछि मात्रै त्यहाँबाट निस्कन्छन्। यो प्रक्रियालाई ब्रुमेसन भनिन्छ । तर योहाइबरनेसन होइन । अब तपाईंको मनमा पनि त्यही प्रश्न उठिरहेको होला कि हाइबरनेसन र ब्रुमेसनमा के अन्तर छ त ? वास्तवमा यी दुवै प्रक्रियामा एउटा सानो अन्तर मात्रै हुने गर्छ । यदि जलवायु वा मौसम परिवर्तनका कारण त्यसबाट सुरक्षित रहन चिसो रगत भएका प्राणीहरू लामो समयका लागि गुप्तवासमा गए भने त्यसलाई ब्रुमेसन भनिन्छ । तर यही काम स्तनधारी प्राणी वा अथवा तातो रगत भएका प्राणीले गरे भने त्यसलाई हाइबरनेसन भनिन्छ । यहाँ हामीले बुझ्नुपर्ने विषय के छ भने सम्पूर्ण रेप्टाइल्स वा घस्रेर हिँड्ने प्राणी ब्रुमेसनमा जाने गर्दछन्। जास्तो कि सर्प, कछुवा, भ्यागुतो आदि ।
यो त भयो चिसो रगत भएका प्राणीले शरीरलाई चिसोबाट बचाउन अपनाउने प्रक्रिया । अब प्रश्न उठ्छ कि स्तनधारी वा तातो रगत भएका प्राणीहरू पनि आफूलाई चसोबाट बचाउन किन लामो निद्रा अथवा हाइबरनेसनमा जाने गर्दछन् त ? यसको साधारण कारण हो, उनीहरू खाद्य संकट र कठिन वातावरणबाट आफूलाई बचाउनका लागि शक्ति सञ्चय गर्न हाइबरनेसनमा जाने गर्दछन्। जब चिसो मौसम सुरु हुन्छ तब जंगलमा खाद्यान्नको संकट पैदा हुन्छ । तर यदि यी प्राणीहरूलेअन्य समयमाजस्तै दैनिक क्रियाकलाप जारी राखे भने त्यसका लागि उनीहरूलाई धेरै शक्तिको आवश्यकता पर्छ र त्यही अनुरुप खानेकुरा खानुपर्ने हुन्छ । यस्तो अवस्थामा आवश्यक खानाको अभावमा भोकमरीको सिकार भएर उनीहरूको मृत्युसम्म हुनसक्छ ।
यही अवस्थाबाट बँच्न स्तनधरी प्राणीहरू पनि हाइबरनेसनमा जाने गर्दछन्। तर हाइबरनेसनको अवस्थामा यी प्राणी सुनसान स्थानमा गएर सुत्ने मात्र गर्दैनन्उनीहरूको पाचन प्रक्रिया पनि निकै मन्द हुन्छ । यति मात्रै होइन, मुटुको धड्कन कम हुन्छ, शरीरको तापक्रम घट्छ । यस्तो अवस्थामा उनीहरूलाई एकदमै कम ऊर्जाको आवश्यकता पर्छ । संसारका प्रत्येक प्राणीलाई हरेक कामका लागि ऊर्जाकोअवश्यकता पर्छ । त्यो उर्जा रगत सञ्चारदेखि खाएको खाना पचाउनसम्मका लागि शरीरका सबै अंगहरूमा अवश्यक पर्छ । त्यसमाथि पनि तातो रगत भएका प्राणीको अवस्था त झनै कठिन हुने गर्दछ । किनकि उनीहरूलाई आफ्नो शरीर तातो राख्नका लागि पनि ऊर्जाको आवश्यकता पर्दछ । यो ऊर्जा खानाको पाचन प्रक्रियापछि प्राप्त हुन्छ । यो एउटा यस्तो प्रक्रिया हो जसबाट हाम्रो शरीरमा रहेको खाना ऊर्जामा परिणत हुन्छ । यदि कुनै प्राणी हाइबरनेसनमा छ भने पनि उसको शरीरले निश्चत ऊर्जा खपत गरिरहेको हुन्छ । किनकि शरीरका आधारभूत कार्य गर्नका लागि पनि ऊर्जा चाहिन्छ । त्यसैले हाइबरनेसनका क्रममा ऊर्जाको कमी नहोस् भनेर यी प्राणीहरूले गर्मीको समयमा शरीरलाई आवश्यक पर्नेभन्दा धेरै खाना खाने गर्दछन्। र त्यही खाना शरीरमा स्टोर भएर हाइबरनेसनको समयमा प्रयोग हुने गर्दछ । खाना सञ्चय गर्ने यो प्रक्रियालाई हाइपरगाफिया भन्ने गरिन्छ । र भालुहरूमा यो प्रक्रिया धेरै देखिन्छ ।
पाचन प्रक्रिय ढिलो गराउँदा तातो रगत भएका प्राणीको शरीरमा त्यति धेरै ताप उत्पन्न हुन पाउँदैन र उनीहरूकोशरीरको तापक्रम पनि निकै कम हुनजान्छ । यसरी उनीहरू लामो ठन्डी मौसम बिताउँछन् र फेरि गर्मी लागेपछि दैनिक जीवनमा फर्किने गर्दछन्।
हाइबरनेसनका बारेमा यति धेरै चर्चा गरिसकेपछि अब तपाईंको मनमा पनि मानिस हाइबरनेसनमा जान सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको होला ? यसको उत्तर हो, सक्दैन । हो, तपाईंले सही सुन्नुभयो, मानिस हाइबरनेसनमा जान सक्दैन । जति खाना आफूलाई आवश्यक पर्छ त्यति खाना मानिसले जुटाउन सक्छ । तर पनि किन मानिस हाइबरनेसनमा जान सक्दैनौं त ? सबै प्राणी हाइबरनेट गर्न सक्छन भने मानिसमा यो क्षमता किन हुँदैन ? यस विषयमा कोलोराडो युनिभर्सिटीकी प्रोफेसर तथा हाइबरनेसन विशेषज्ञ डाक्टर स्यान्डी मार्टिनले निकै राम्रोसँग ब्याख्या गरेकी छिन्। उनका अनुसार, आजभन्दा लाखौं वर्ष पहिले हाम्रा पुर्खा पनि हाइबरनेसनमा जाने गर्दथे । डाइनोसर लोप भएपछि हाम्रा पुर्खा पृथ्वीमा यही कारण बाँच्न सफल भए किनकि उनीहरू हाइबरनेसनमा जान सक्षम थिए । मतलब जतिबेला उल्कापिंडको ठक्करले पृथ्वी ध्वस्त भएको थियो । अनि चारैतिर रेडिएसन फैलिएका थिए । ठिक त्यतिबेला मानिस संग भएको यही हाइबरनेसनको क्षमताले मानिसहरु त्यतिबेलाबाँच्न सफल भएका थिए । तर जतिजति मानवको विकास क्रम अघि बढ्दै गयो, त्यति नै हामीले पुर्खाको त्यो क्षमता गुमाउँदै गयौं । सन्२०२० मा गरिएको एक अनुसन्धान अनुसार पाँच लाख वर्ष पुराना हाम्रा पुर्खा हाइबरनेट गर्न सक्षम थिए । तर हाइबरनेसनका केही बेफाइदा पनि छन्। जस्तो कि हाइबरनेसनको समयमा प्रजनन् प्रक्रिया हुँदैन । त्यसैले जनसंख्याको सवालमा उनीहरू हाइबरनेसनमा नजानेहरूभन्दा पछि पर्ने गर्दथे । यति मात्र होइन, हाइबरनेसनको समयमा उनीहरूमाथि कसैले आक्रमण ग¥यो भने सत्रुबाट आफूलाई बचाउने सम्भावना न्युन हुन्छ । यही खतरालाई हेरेर हाम्रा पुर्खाले हाइबरनेसनमा जाने प्रक्रिया कम गर्दै लगे। त्यही कारण हाम्रो शरीर पनि क्रमशः त्यसरी नै अहिलेको अवस्थामा विकसित हुँदै आयो। त्यसैले अहिले हामी हाइबरनेट गर्न असक्षम भयौं । हुन त हामीलाई अहिले हाइबरनेसनमाजाने खासै आवश्यकता नै पर्दैन । तर हाम्रो शरीरमा निश्क्रिय रूपमा त्यो जिनलाई यदि हामीले सक्रिय गराउन सक्यौभने हामी फेरिहाइबरनेसनमा जान सक्छौं । यदि हामीले गुमाएको त्यो क्षमतालई फिर्ता ल्याउन सक्यौ भने फेरि मानिसको अवस्थामा निकैपरिवर्तन आउनेछ । मतलब यदि कतै प्रकृतिक विपत्ति आयो भने त्यतिबेला सबैभन्दा ठूलो समस्या भनेको खाद्यान्न आपूर्तिकै हुने गर्दछ । तर परिस्थिति अनूकुल नभएसम्म यदि मानिसले हाइबरनेट गर्न सक्ने हो भने धेरैको जीवन बचाउन सकिन्छ । मुख्य कुरा त यदि हामीले गुमाएको हाइबरनेसनको त्यो क्षमता फिर्ता ल्याउन सक्यौ भने हाम्रो अन्तरिक्ष यात्रा निकै सहज हुनेछ । किनकि त्यो यात्रामा अन्तरिक्ष यात्रीहरूलाई हाइबरनेसनमा पठाएर बिनाखाना लामो यात्रा गराउन सकिन्छ
-
9 months ago
आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु
-
-
10 months ago
आज विश्व कुष्ठरोग दिवस, मधेश प्रदेशमा अधिक कुष्ठरोगी
Comments