Loading...
Logo
Image

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गरेका हुन् ।

गौतमले कार्यकाल सकिनु ८ महिनाअघि नै यही २४ गते राजीनामा दिएका थिए । सभामुख घिमिरेले गाैतमकाे राजीनामा स्वीकृत नहुँदै प्रतिनिधिसभाका सचिव पद्‌मप्रसाद पाण्डेलाई  महासचिव नियुक्त गरिसकेका थिए ।  

संघीय संसदका महासचिवकाे राजीनामा राष्ट्रपतिले स्वीकृत गर्ने प्रावधान छ । नियुक्ति पनि सभामुख र राष्ट्रियसभाका अध्यक्षकाे सिफारिसमा राष्ट्रपतिले गर्ने प्रावधान छ । 

Comments