
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको बिकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् ।
झुलाघाट–चिवाभन्ज्याङ मध्य पहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियानअन्तर्गत नेकपा एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आज आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै ओलीले देश बनाउने काममा एमालेले नेतृत्व गर्ने बताएका हुन् ।
उनले यो कामका लागि सही तरिकाबाट सबैको साथ लिएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आव्हान गरे । नेकपा एमालेको सरकारले छोटो समयमा पनि पर्याप्त काम गरेको ओलीले दाबी गरे । ‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन्’, ओलीले भने । ओलीले मिसन ८४ अभियान अन्तर्गत नै मध्यपहाडी संकल्प यात्रा आयोजना गरिएको बताए । उनले यात्रामा उत्साहपूर्ण सहभागिता जनाएका भन्दै सबैलाई धन्यवाद दिएका छन् ।
एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको उनले आरोप लगाए । देश विकासको काम अहिले ठप्प रहेको ओलीको भनाइ छ । ‘यस्तो स्थितिलाई बदल्नका लागि, एमालेको सरकार, एकल सरकार नभई हुँदैन, त्यसकै लागि हामीले मिसन २०८४ भनेका छौँ’, ओलीले भने ।
बैतडीको झुलाघाटमबाट मंसिर १४ मा सुरु भएको यात्रा पुस १ मा पाँचथरको चिवाभञ्ज्याङ पुगी समापन हुनेछ ।
-
1 month ago
पूर्वराजालाई कारबाही गर्न माओवादीको माग
-
1 month ago
नेकपा एसको कार्यालयमा पुगे ओली
-
2 months ago
नेपालमा फैलियो हङकङ फ्लुको प्रकोप
Comments