
काठमाडौंका मुख्य पाँच वटा स्थललाई निषेधित क्षेत्र तोकिएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको जनाएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकिएको हो ।
उक्त क्षेत्रमा दुई महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
Featured News
-
1 month ago
पूर्वराजालाई कारबाही गर्न माओवादीको माग
-
1 month ago
नेकपा एसको कार्यालयमा पुगे ओली
-
2 months ago
नेपालमा फैलियो हङकङ फ्लुको प्रकोप
Comments