Loading...
Logo
Image

सिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, स्थानीयले बस जलाइदिए

 वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ का २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका–१० की १८ वर्षीया मुनाकला राई रहेको प्रहरीले जनाएको छ । 

ठक्कर दिनर् बा प्र ०१–००६ ख ४५९३ नम्बरको बस र चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि मृतकका आफन्तलगायत स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन् ।

Comments

KATHMANDU WEATHER