Loading...
Logo
Image

एमाले सांसद राजेन्द्र राईले गृहमन्त्रीको राजीनामा मागे

सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा मागेका छन् । 

सांसद राईले राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका हुन् । 

'मन्त्रीज्यू राजीनामा दिनुस् । युवालाई ताकीताकी गाेली हान्ने ? ठाउको ठाउँ गोली हान्न मिल्छ ? मान्छे मार्न पाइन्छ ? मान्छे मार्न पाइँदैन', उनले भने- घटनाको छानबिनका लागि समिति पनि बन्यो । तलका मान्छेलाई कारबाही पनि गर्‍यो । अब यसो गरौँ मन्त्री ज्यू तपाई राजीनामा दिनुस् । सबै भन्दा राम्रो कुरा तपाई राजीनामा दिनुस् । राजीनामा दिनै पर्‍यो नि ! विदेश गएर काम गरेर खान्छु भन्नेलाई ताकी ताकी गोली हाल्ने तपाईँले राजीनामा नदिए कसले दिन्छ ?

‘तपाईंले यो मुलुक चलाउन सक्नु भएन गृहमन्त्री ज्यू । यसरी मान्छे मार्न पाइँदैन, तपाईंले तत्काल राजीनामा दिनुस्,’ सांसद राईले भने ।

राजीनामा नदिए सरकारले अहिले बनाएको जाँचबुझ आयोग पनि काम गर्न नसक्ने उनको भनाइ छ । ‘राजीनामा आयो भने आयोगले ठीक ठङ्गले काम गर्न सक्छ,’ उनले भने ।

'मन्त्रीले हिँड भनेपछि पीएसओ हिँड्छ । तलकोलाई कारबाही गर्ने ? माथिकोलाई कारबाही गर्नुस् । राजीनामा दिनुस् खुरुक्क', उनले भने । 

Comments

KATHMANDU WEATHER