Loading...
Logo
Image

बालकुमारी घटनामा मारिएका सुजन र वीरेन्द्रकाे शव सेनाकाे जहाजमा गाउँ लगियाे

ललितपुरकाे बालकुमारी घटनामा मारिएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतकाे शव अन्तिम संस्कारका लागि उनीहरूकाे गाउँ पठाइएकाे छ ।

मंगलबार दिउँसो दुवै जनाकाे शव नेपाली सेनाकाे जहाजमार्फत काठमाडाैंबाट पठाइएकाे हाे ।

दुवै जनाकाे शव सुर्खेतसम्म सेनाकाे जहाज र त्यहाँबाट हेलिकाेप्टरमार्फत सम्बन्धित गाउँसम्म पुर्‍याइने बताइएकाे छ । सरकारसँग चार बुँदे सहमति भएपछि दुवै परिवारले साेमबार साँझ शव बुझेका थिए । 

दुवैकाे शव घरसम्म पुर्‍याउने व्यवस्था सरकारले मिलाउने सहमति भएकाे थियाे । 

Comments