Loading...
Logo
Image

जिल्ला अदालतबाट हतकडीसहित फरार भएका थुनुवा समातिए

जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरिका अनुसार बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई आज बिहान पक्राउ गरिएको हो ।
बुधवार १ः३५ बजे उनी फरार भएका थिए ।

उनले लगाएका हतकडी र थुनुवा ज्याकेट उनकै कोठा भक्तपुर चाँगुनारायण १ दुवाकोटमा फेला परेको प्रहरीले जनाएको छ । 
डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले हिजो अदालत लगेको थियो । त्यही बेला प्रहरीको आँखा छलेर फरार भएका थिए ।

Comments