Loading...
Logo
Image

प्रधानमन्त्री प्रचण्डका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली २ मा टिकटको आकांक्षी थिए । तर, गजुरेलले टिकट पाउन सकेका थिएनन् । त्यही बेलामा प्रचण्डले गजुरेललाई उचित व्यवस्थापन गर्ने बचन दिइएको थिए । त्यही बचन पूरा गर्न प्रचण्डले आफू प्रधानमन्त्री भएपछि उनलाई प्रधानमन्त्री प्रचण्डले ०७९ माघ ९ गते नियुक्त गरेका थिए । माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा सुटुक्क राजीनामा बुझाएका थिए ।

गजुरेलले प्रधानमन्त्री प्रचण्डसँग नीतिगत कुरामा बेमेल भएपछि राजीनामा दिएको बताउने गरेका छन् । 

गजुरेलले राजीनामा दिएको झन्डै एक महिनापछि प्रधानमन्त्री प्रचण्डले बिहीबार २० मंसिरदेखि नै लागू हुने गरी राजीनामा स्वीकृत गरेका हुन् ।

Comments