# Recent News
सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग्दै मार्चपास गरेको छ ।
नेविसंघले सरकारको विरोधमा सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेको हो । प्रचण्ड सरकारले राज्य आतंक सिर्जना गरेको नेविसंघको मूल आरोप छ ।
मार्चपासमा सहभागीहरूले 'गैरजिम्मेवार सरकार, युवालाई गोली हान्न पाइँदैन', 'सरकार नागरिकको कि माफियाको', 'सुनकाण्डमा वर्षमान-महरा, प्रचण्ड किन चुप ?', 'सुनकाण्डका नाइके कहाँ छन् सरकार ?', 'भारतसँगको २० करोड खुला लगानी सम्झौता किन?' लगायतका नारा समेटिएका प्लेकार्ड बोकेका थिए ।
कांग्रेसकै समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड नेतृत्वको सरकारको विरोधमा नेविसंघ सडकमा उत्रिएको हो ।
Featured News
-
3 months ago
रास्वपाले आगामी असोजमा दुई दिने राष्ट्रिय भेला गर्ने
-
-
Comments