Loading...
Logo
Image

त्रिविकाे उपकुलपतिका लागि दाेस्राेपटक आवेदन माग

त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि प्रावधान सच्याएर दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।

समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि आझ दाेस्राेपटक दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशन भएकाे छ । 

समितिले यसअघि पहिलो पटक पुस २० गते सार्वजनिक गरेकाे सूचनामा विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको व्यहाेराे खुलाउनुपर्ने विषयसमेत समेटिएपछि आलाेचना भएकाे थियाे । त्यसपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । 

Comments