
पशुपतिनाथ परिसरमा स्तनपान कक्ष निर्माण गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले मन्दिरमा दर्शन गर्न आउने भक्तजन आमाहरूलाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले स्तनपानकक्ष निर्माण गरेको हो ।
मन्दिरको मूल द्वारको देब्रेतर्फ रहेको सत्तललाई मर्मत गरी स्तनपान कक्ष बनाइएको कोषका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिए ।
स्तनपान गराउने उमेर समूहका बालबालिकासहित दर्शनमा पुगेका महिलाहरूले मन्दिर परिसरको बाहिर नै बसेर स्तनपान गराउँदै आएका थिए ।
उनीहरूलाई सहज होस् भनी आफूहरूले दुई वटा सोफा, लिटो खुवाउन आवश्यक तातोपानीसहित स्तनपान कक्षको व्यवस्था गरिएको उनले जानकारी दिए । स्तनपान कक्षमा आमा र बालबालिका बाहेक पुरुष व्यक्ति छिर्न नमिल्ने नियम बनाइएको छ । भने बालबालिकाको डाइपर फेर्न मिल्नेगरी डस्टविन तथा लिटो खुवाउन चिसो तातो पानीको पनि व्यवस्था गरिएको छ ।
-
16 hours ago
उत्पादन कर्णालीमा, काठमाडौंमा व्यापार
-
-
Comments