# Recent News
- काठमाडौं मोडेल कलेजमा कोरियन विश्वविद्यालयसँगको सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न
- मानवअधिकार आयोगले माग्यो बालमन्दिर जग्गा अनियमिततासम्बन्धी अनुसन्धानको प्रतिलिपि
- पर्यटन प्रवर्द्धन गर्न ‘ऐना पोखरी' महोत्सव
- यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति दिइने
- निजामती सेवाबाट श्रेणी हट्यो, अब तहगत संरचना

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर उनले राजीनामा बुझाएका हुन् ।
उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेका छन् । एमडीएमएस, टेरामक्सलगायतका अर्बौंका परियोजनामा भ्रष्टाचार गरेकोमा छानबिन भइरहेको बेला उनले राजीनामा दिएका हुन् ।
स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै उनको चर्को आलोचना भैरहेको छ ।
प्राधिकरण स्रोतका अनुसार उनी आजैबाट बिदाबारी भएर हिँडेका छन् । खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो ।
Comments