यौनशोषण तथा हत्याआरोपी रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड ३० लाख रुपैयाँ बरामद भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद भएको जनाएको छ।प्रहरीले बम्जनको घरबाट कम्तिमा २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको छ । लिटिल बुद्ध उपनामले परिचित बम्जन मङ्गलवार साँझ हात्तिगौंडाबाट पक्राउ परेका थिए । विशेष सूचनाका आधारमा ब्यूरोका डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले त्यहाँ पुगेर बम्जनलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि बम्जनले घरको दुई तलामाथिबाट हामफालेर भाग्ने प्रयास गरेका थिए । यद्यपि, प्रहरीले उनलाई नियन्त्रणमा लियो ।
मध्य तराईको बाराको एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बम्जनले सन् २००५ मा एकाएक चर्चा बटुलेका थिए । त्यतिबेला १६ वर्षीय बम्जनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए ।
यसै वर्षको भदौ महिनामा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि बम्जनविरुद्ध थप आरोपहरू लागेका र प्रहरीमा उजुरीहरू परेका थिए । सीआईबीले केही वर्षयता निरन्तर उनको खोजी गरिरहेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार बम्जनलाई जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी छ ।
-
3 months ago
रास्वपाले आगामी असोजमा दुई दिने राष्ट्रिय भेला गर्ने
-
-
Comments