Loading...
Logo
Image

बागलुङमा दुर्गा प्रसाईंमाथि मुक्का प्रहार, एक जना पक्राउ

बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ ।

‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार कार्यक्रमको मञ्चमा जानेक्रममा प्रसाईँमाथि हातपातको प्रयास भएको हो । 

प्रहरीका अनुसार बागलुङ नगरपालिका ७ का रामकान्त गौतमले प्रसाईंमाथि हातपात गरेका हुन् । डीएसपी केसीले घटनाबारे अनुसन्धान भइरहेको बताए । 

बाग्लुङमा उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् ।

Comments

KATHMANDU WEATHER