
१५औं संस्करणको आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ ।
विश्वकपको पहिलो खेलमा आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दैछन् । उक्त खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।
सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो ।
विश्वकपमा नेपालको ८ वर्षपछिको यात्रा नेपालले ८ वर्षपछि यू–१९ विश्वकप खेल्दैछ । नेपालले पछिल्लो पटक २०१६ मा भएको यू-१९ विश्वकप खेलको थियो । नेपालले उक्त विश्वकपमा न्यूजिल्याण्ड ३२ रन र आयरल्यान्डलाई ८ विकेटले पराजित गरेका थियो ।
समूह उपविजेता बन्दै क्वाटरफाइलनमा प्रवेश गरेको नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो । सोही विश्वकप वेस्ट इन्डिजले जितेको थियो । नेपाल यू-१९ विश्वकप आठौँ पटक खेल्दै छ ।
-
2 weeks ago
पूर्वराजालाई कारबाही गर्न माओवादीको माग
-
2 weeks ago
नेकपा एसको कार्यालयमा पुगे ओली
-
1 month ago
नेपालमा फैलियो हङकङ फ्लुको प्रकोप
Comments