
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
युगान्डाकाे राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान स्वदेश फर्किएका हुन् ।
उनी माघ ४ गते राति युगान्ण्डाडा प्रस्थान गरेका थिए । सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । साथै उनले इजरायल—हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए ।
उनले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए ।
Featured News
-
2 weeks ago
पूर्वराजालाई कारबाही गर्न माओवादीको माग
-
2 weeks ago
नेकपा एसको कार्यालयमा पुगे ओली
-
1 month ago
नेपालमा फैलियो हङकङ फ्लुको प्रकोप
Comments