- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जागिर खाने नाममा युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरूले राज्यको नीति र संविधानविपरीत कार्य गरेको बताएका छन् ।
तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले आज त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जागिर खाने नाममा गैरजिम्मेवार भएर युवाहरूले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुन नहुने बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले रुसलाई कूटनीतिक नोट पठाएर सबै कुरा भनिसकेको बताए । युगाण्डामा रुसी उप विदेशमन्त्रीसँग भेट गरेर नै नेपालीहरूलाई फिर्ता पठाइदिन आग्रह गरिएको उनले बताए ।
उनले भने, ‘परराष्ट्रमन्त्रीले कूटनीतिक नोट पठाइसक्नुभएको छ । पटक पटक कुरा पनि भएको छ । युगाण्डामा रुसका उप विदेशमन्त्रीसँग भेटेर नै फिर्ता पठाइदिनुपर्यो भनेर कुरा भएको छ । मारिएकाहरूको क्षतिपूर्तिको विषयमा पनि कुरा भएको छ ।’
उनले अबका दिनमा युवाहरू स्वयं जिम्मेवार बन्न आग्रह समेत गरे । उनले मृतक परिवारलाई क्षतिपूर्ति र शव फिर्ता ल्याउने सम्बन्धमा रुसका उपविदेशमन्त्री स्तरमा छलफल भएको जानकारी दिए ।

Comments