Loading...
Logo
Image

ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति डग्मगाउँदैनः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक चीन नीति मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताएका छन् ।  तीन दिने युगान्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले ताइवानको बारेमा नेपालको सुरुदेखिकै नीति चीनकै अंग हो भन्ने रहेको बताए । उनले ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडग्मगाउने दाबी गरे ।

उनले भने, ‘ताइवान पनि चीनकै अंग हो भन्ने नीति नेपालको सुरुदेखि नै रहेको छ । त्योभन्दा बाहिर हामीले बनाएका छैनौँ । एक चीन नीति मानिसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनौँ ।’ 

प्रधानमन्त्री दाहालले ताइवान चीनबाट अलग हुनुपर्छ भन्ने नेपालको नीति नरहेको स्पष्ट पारे । 

Comments

KATHMANDU WEATHER