
काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा यस वर्षकै कम तापक्रम रेकर्ड गरिएको हो । आज काठमाडौंमा यस वर्षकै कम तापक्रम तीन दशमलव दुई रेकर्ड गरिएको महाशाखाले जनाएको छ ।
यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज शुन्य दशमलव दुई डिग्रीले झरेको हो । आज काठमाडौं उपत्यकामा पारदर्शिता पनि घटेको छ । काठमाडौंमा आज बढी चिसो अनुभव भएको छ । बिहानका समयमा चाहिँ हुस्सु जस्तो देखिएको छ ।का कारण काठमाडौंमा आज बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ । चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ । लागेको घाम पनि न्यानो खालको छैन ।
दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया मौसम सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
-
2 weeks ago
पूर्वराजालाई कारबाही गर्न माओवादीको माग
-
2 weeks ago
नेकपा एसको कार्यालयमा पुगे ओली
-
1 month ago
नेपालमा फैलियो हङकङ फ्लुको प्रकोप
Comments