Loading...
Logo
Image

भिजिट भिसामा जानेहरूका लागि नयाँ नियम

भिजिट भिसामा विदेश जानेहरूलाई लक्षित लागि नयाँ कार्यविधि आएको छ ।

भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो । गृह मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार भिजिट भिसामा जान चाहनेहरूले ६ महिनाको वैध अवधि भए‌को राहदानी देखि दुईतर्फी हवाई टिकट देखाउनुपर्ने छ ।

यस्तै, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पनि साथमा राख्नुपर्ने जनाएको छ ।

त्यस्तै भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट/क्रेडिट कार्ड) पनि हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

युएई, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरबमा भिजिट भिसामा जानेहरुले कसैको करकाप वा प्रलोभनमा नपरी नितान्त भ्रमण प्रयोजनका लागि प्रस्थान गर्न लागेको स्वघोषणाको एउटा फारम पनि भरेर अध्यागमन कार्यालयमा बुझाउनुपर्ने छ ।

Comments

KATHMANDU WEATHER