# Recent News
- इजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
- स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड
- भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटना
- बालेनविरुद्ध अख्तियारमा उजुरी, लिफ्टमा अनियमितता भएको दाबी
- गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित

उच्च अदालत पाटनका न्यायाधीश मात्रिकाप्रसाद मरासिनीको हृदयाघातका कारण निधन भएको छ ।
मंगलबार बिहान हृदयाघातका कारण ५६ वर्षीय न्यायाधीश मरासिनीको निधन भएको हो । काठमाडौंको कलंकीमा बस्दै आएका मरासिनी पेशी तय भएपछि कार्यालय आउने तयारी गरिरहेका बेला बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएको थियो । लगत्तै उनलाई उपचारका लागि कलंकीस्थित नेसनल अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए।
२०२४ जेठ २८ गते स्याङ्जामा जन्मिएका उनी २०५० साउन १ गते न्याय सेवामा प्रवेश गरेका थिए । उनी २०७० जेठ २७ गते जिल्ला न्यायाधीश नियुक्त भएका थिए ।
न्यायाधीश मरासिनी सरुवा भएर दुई दिनअघि मात्रै पाटन उच्च अदालत हाजिर भएका थिए ।
Featured News
Comments