हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई दिन मौसम सामान्यतया सफा रहने छ ।
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु कुहिरो लागेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र शनिबार मौसममा सुधार रहे पनि आइतबारदेखि देशको पश्चिम भेगबाट पश्चिमी वायुको सक्रियता बढ्ने भएकाले केही दिन मौसममा गडबडी हुनेछ । बिहीबार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा बदली हुनेछ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
-
8 months ago
चन्द्रागिरिका चार वडालाई ‘बालश्रम मुक्त वडा’ घोषणा
-
8 months ago
टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …
-
Comments