Loading...
Logo
Image

रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ मेलम्चीबाट

राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट सुरु गर्ने ‘राष्ट्रव्यापी दबाब अभियान’को उद्घाटन मेलम्चीबाट हुने भएको छ ।

रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रव्यापी दबाबयात्रा गर्न लागिएको रास्वपाले जनाएको छ ।

रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो । सिन्धुपाल्चोक-काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् ।

दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । दबाब यात्रामा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगरिने रास्वपाले जनाएको छ ।

Comments