काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले धरहराको निःशुल्क पार्किङ गर्न पत्राचार गरिएको भन्दै आक्रोशित बनेका छन् ।
महानगरले हालै धरहरामा निःशुल्क पार्किङ सुरू गरेपछि त्यसलाई बन्द गर्न पत्र आएको भन्दै उनी आक्रोशित बनेका हुन् । शहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो ।
उनले २०७८ वैशाखमै उद्घाटन गरेको धरहराको निर्माण अझैसम्म सम्पन्न नभएको भन्दै पत्राचार गर्नु लज्जास्पद रहेको पनि उल्लेख गरेका छन् ।
उनले भनेका छन्- उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
उनले उक्त स्थानमा पर्किङ नरोकिएको र नरोकिने पनि जनाएका छन् । 'सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुनेछैन । महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन हुँदै छ । अझै व्यवस्थापन गर्दै लग्नेछौँ,' उनले लेखेका छन् ।
काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि केही दिनअघि मात्रै धरहरामा नि:शुल्क पार्किङको व्यवस्था गरेको थियो ।
त्यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने मेयर बालेन शाहले बताएका छन् । अहिले त्यहाँको पार्किङलाई ठेक्कामा लिएर रजाइँ गर्ने मनसाय पनि देखिएको शंका गर्दै उनले महानगरले निजी स्वार्थका लागि प्रयोग हुन नदिने चेतावनी समेत दिएका छन् ।
-
3 months ago
रास्वपाले आगामी असोजमा दुई दिने राष्ट्रिय भेला गर्ने
-
-
Comments