
पाकिस्तानमा ८ फेब्रुअरीमा भएको आम चुनावको अन्तिम नतिजा आइनसक्दै चुनावमा धाँधली भएको भन्दै आन्दोलनहरू सुरु भएका छन् । विशेष गरी धार्मिक पार्टीहरूले आन्दोलनको घोषणा गरेका छन् ।
उता इमरान खानको पार्टी पीटीआईले पनि विरोध प्रदर्शन गरेको छ । बीबीसीका अनुसार जमात–ए–इस्लामीले कराचीमा आन्दोलन गर्ने योजना बनाएको छ । सो पार्टीले कराचीको जनादेशमा चोरी हुन नदिने बताएको छ । यस्तै जमीयत उलेमा–ए–इस्लामले पनि चुनावमा धाँधलीको आरोप लगाउँदै सिन्धमा धर्ना गर्ने र हाइवेमा चक्का जाम गर्ने घोषणा गरेको छ । पाकिस्तानको निर्वाचन आयोगले नेसनल एसेम्बलीका २६५ सिटमध्ये २५७ सिटको नतिजा सार्वजनिक गरेको छ । बलूचिस्तानका सात सिटको नतिजा घोषणा हुन बाँकी छ ।
पूर्वप्रधानमन्त्री इमरान खानको पीटीआई समर्थक ९३ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यस्तै मुस्लिम लिग(एन)ले ७४ र पाकिस्तान पिपुल्स पार्टीले ५४ सिटजितेको छ ।
-
-
2 months ago
एलन मस्कको बचाउमा उत्रिए ट्रम्प
-
2 months ago
अदालतको आदेशले ट्रम्पलाई झड्का
Comments