नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी गगन सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । माओवादी केन्द्र काेशी प्रदेश समितिका काेषाध्यक्ष उनलाई सजाय निर्धारणका लागि ६ फागुनमा पेसी तोकिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले गगनसहित उनको परिवारका ६ सदस्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
देवकुमारी पुरी र मनमाया पुरीले सफाइ पाएका छन् भने कृष्णकुमार पुरी र संगिता पुरीको हकमा सम्पत्ति जफतको फैसला भएको छ।
गगन भन्ने रेवतराज पुरी र सीमा भन्ने केशावती पुरीको हकमा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ १४ पैसा गैह्र कानुनी सम्पत्ति आर्जन देखिएको छ।
दुवैका हकमा सजाय निर्धारण हुन बाँकी छ। फागुन ६ गते सजाय निर्धारण हुने छ।
Featured News
-
4 hours ago
माघीको चहलपहलसँगै माघीमय थारू बस्ती
-
-
22 hours ago
रवि लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगायो
Comments