नाटक 'क्लेसा' को टोली भारततर्फ प्रस्थान गरेको छ । सुरक्षा पन्तसहितको उक्त टोलीले २३औँ भारत रङ्ग महोत्सवमा उक्त नाटक प्रस्तुत गर्नेछ ।
क्लेसा पन्तको पहिलो नाटक हो । यो नाटक पञ्चायती व्यवस्थामा शासकले आममानिसलाई कसरी शोषण गर्दथे भन्ने कथामा आधारित छ । प्रतीक्षा कट्टेलको कथालाई रङ्गकर्मी विजया कार्कीले 'क्लेसा' नाम दिएकी हुन् । करिब ३ वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको उक्त नाटक अहिले भारत रंग महोत्सवमा छनोटमा परेको हो ।
नाटक छनोटमा परेपछि थापागाउँस्थित मण्डला नाटकघरमा क्लेसाको रिहर्सल गरिएको थियो । सुरक्षाले क्लेसा'मार्फत नै रङ्गमञ्चमा डेब्यु गरेकी थिइन् । उनीहरूले देशको प्रतिनिधित्व गरेर जान लागे पनि रिहर्सलका लागि ठाउँसमेत नपाएको गुनासो गरेका थिए ।
भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा फेब्रुअरी १ देखि २१ सम्म सञ्चालन हुने महोत्सवमा नेपाल तथा भारतसहित रसिया, इटाली, बंलादेशलगायत मुलुकका नाटकहरू प्रदर्शन हुनेछन् । १ घण्टा ३० मिनेटको नाटक 'क्लेसा'मा सुरक्षा पन्त, विजय बरालसहित अन्य १३ जना कलाकारको अभिनय छ । 'क्लेसा'को मञ्चन भने फेब्रुअरी १७ मा नयाँ दिल्लीस्थित आईएल अडिटोरियम हलमा र दोस्रो प्रदर्शन उतराखण्ड रामनगरस्थित एन्डी अडिटोरियम हलमा हुनेछ ।
-
-
4 years ago
भारतीय कोरियोग्राफर सरोज खानको निधन
Comments