# Recent News
- काठमाडौं मोडेल कलेजमा कोरियन विश्वविद्यालयसँगको सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न
- मानवअधिकार आयोगले माग्यो बालमन्दिर जग्गा अनियमिततासम्बन्धी अनुसन्धानको प्रतिलिपि
- पर्यटन प्रवर्द्धन गर्न ‘ऐना पोखरी' महोत्सव
- यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति दिइने
- निजामती सेवाबाट श्रेणी हट्यो, अब तहगत संरचना

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा ३१ वर्षीय यसिन अहमद, ४८ वर्षीय मोहम्मद अड्नान लखानी रहेका छन् । फ्लाई दुबईको जहाजमा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बरामद रकम नेपालमा ९५ लाख ४३ हजार ३ सय ८४ नेपाली रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ ।
Comments