Loading...
Logo
Image

पलाञ्चोक भगवती मन्दिरमा चण्डी पूर्णिमाको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने

काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ९ अवस्थित पलाञ्चोक भगवती मन्दिरमा चण्डी पूर्णिमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । चण्डी पूर्णिमा जात्राको अवसर पारेर २०८१ साल जेठ १० र ११ गते चण्डी पूर्णिमा बृहत सांस्कृतिक कार्यक्रम  २०८१ हुने भएको हो ।

कार्यक्रमको उद्घाटन जेठ १० गते गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन समारोहमा पाँचखाल नगर प्रमुख, उप प्रमुख, कार्यपालिका सदस्यहरु १३ वटै वडा अध्यक्षहरु, जिल्ला प्रशासन कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रमुख धुलिखेलका प्रमुख, शसस्त्र प्रहरी प्रमुख पाँचखाल, नेपाल आर्मी प्रमुख पाँचखाल लगायत छिमेकि पालिका प्रमुख उप–प्रमुखलगायतको उपस्थिति रहने वडा नं ९ का वडाअध्यक्ष  रामकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुले सांकृतिक प्रस्तुती रहने छ । दोहोरी गीत, तामाङ सेलो तथा लोक संस्कृति झल्कने संगीतलाई प्राथमिकता दिने श्रेष्ठले बताए ।

स्थानीय कलाकारलाई अवसर प्रदान गर्ने तथा पाँचखाल नगरपालिका भरिका विद्यालयहरुलाई सांस्कृतिक कला प्रस्तुतिमा मौका दिने आयोजकले बताएको छ ।  मिति २०८१ साल जेठ १० गते उद्घाटन हुने सो कार्यक्रम ११ गते दिउसो १ वजे (रथ अवतरण) पश्चात कार्यक्रम संचालन गरी सोहि दिन समापन हुनेछ ।

कार्यक्रमका लक्ष्य तथा उद्देश्यहरूमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने, परम्परागत कला संस्कृतिकलाई नयाँ पुस्तासंग जोड्ने तथा जगेर्ना गर्ने, भक्तजनहरुलाई मनोरञ्जन दिने, स्थानीय पर्वलाई जगेर्ना गरी पलाञ्चोक भगवती मन्दिरको प्रचारप्रसार गर्ने, स्थानीय कलाकारहरुको प्रतिभालाई उजागर गर्ने र कृषि तथा स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्ने रहेका छन् । 

पलाञ्चोक भगवती मन्दिर सम्वंत ४२५ मा मानदेव प्रथमको शासनकालमा स्थापना भएको हो । स्थापना कालदेखि यहाँ मुख्यतया पलाञ्चोक भगवती र कालिका देविको दुई रथ बोकी बजार परिक्रमा गर्ने गरिन्छ । वडा दशै टिकाको दोस्रो दिन र बुद्ध जयन्तीको दोस्रो दिन भगवतीको मुर्तिलाई चाँदिका गहनाले सजाउने परम्परा रहेको छ । पलाञ्चोक भगवती मन्दिर बुद्ध जयन्ती–चण्डी पूर्णिमाको दिन चौबिसै घण्टा खुल्ला रहन्छ । तीन दिन सम्म चल्ने जात्रामा पहिलो दिन साँझ बत्ती बाल्ने, दोस्रो दिन चण्डी पूर्णिमा जात्रा र तेस्रो दिन रथयात्रा गर्ने चलन रहेको छ । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर लगायत देशको अन्य स्थानबाट हजारौ भक्तजनहरु मेला भर्न आउने गर्दछन । 

 

Comments

KATHMANDU WEATHER