सानो ठिमी क्याम्पसको स्ववियु सभापतिको कार्यकक्षमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । उनीहरूले राखेका विभिन्न मागहरूको बेवास्ता र स्ववियुमा रहेका साथीहरूसँग कुनै जानकारी नै नदिई स्ववियु कोषको रकम अपचलन गरेको भन्दै सभापतिको कार्यकक्षमा तालाबन्दी गरिएको बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'विभिन्न मागहरू राखिएकोमा त्यसको बेवास्ता गर्नुका साथै स्ववियुमा रहेका साथीहरूसँग कुनै जानकारी नै नदिई स्ववियु कोषको रकम अपचलन गरिएको छ । शहीद सप्ताहव्यापी गेम खेलाउने जिम्मा स्ववियुले लिएकोमा अहिलेसम्म पुरस्कार वितरण पनि गरिएको छैन ।'
सानोठिमी क्याम्पस बीबीएस क्लबले क्याम्पस प्रमुखसमक्ष विभिन्न माग राखे पनि बेखबरजस्तो रहँदा विद्यार्थी समस्यामा परेको, साथै क्याम्पस लथालिङ्ग अवस्थामा हुँदा पनि स्ववियु सभापति बेपत्ता भएको हुँदा माग पूरा नभएसम्म अनिश्चितकालका लागि तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
स्ववियु सभापतिको कार्यकक्षमा तालाबन्दी स्ववियु सदस्यद्वय देवेन्द्र न्यौपाने र प्रकाश फडेराले गरेको विज्ञप्तिमा जनाइएको छ ।
-
9 months ago
आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु
-
-
10 months ago
आज विश्व कुष्ठरोग दिवस, मधेश प्रदेशमा अधिक कुष्ठरोगी
Comments