# Recent News
- काठमाडौं मोडेल कलेजमा कोरियन विश्वविद्यालयसँगको सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न
- मानवअधिकार आयोगले माग्यो बालमन्दिर जग्गा अनियमिततासम्बन्धी अनुसन्धानको प्रतिलिपि
- पर्यटन प्रवर्द्धन गर्न ‘ऐना पोखरी' महोत्सव
- यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति दिइने
- निजामती सेवाबाट श्रेणी हट्यो, अब तहगत संरचना

एक सातादेखि निरन्तर रूपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।
चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए ।
उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ ।
Comments