Loading...
Logo
Image

लेबनानमा इजरायली आक्रमण, २२ जनाको मृत्यु, १२४ घाइते

लेबनानमा इजरायली आक्रमणमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानमा इजरायली सैनिकले गरेको आक्रमणमा परी २२ जनाको मृत्यु हुनुका साथै १२४ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार लेबनानको स्वास्थ्य मन्त्रालयले उक्त क्षेत्रबाट हिजबुल्लाह हट्ने तथा इजरायली सैनिक फिर्ता हुने समयसीमा पूरा भइसक्दा पनि सो क्षेत्रमा इजरायली सैनिकहरू बसिरहेका छन् ।

उता इजरायली सैनिकले भने चेतावनीको रूपमा केही क्षेत्रमा गोली चलाइएको बताएको छ । तर, उक्त आक्रमणमा घाइते भए या भएनन् भन्ने विषयमा भने इजरायली सेनाले प्रतिक्रिया दिएको छैन ।

Comments