Loading...
Logo
Image

चितवन जिल्ला अदालतकाे आदेशपछि रवि फेरि हिरासतमा

सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका अभियुक्तलाई हिरासत पठाइएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलाशले थुनछेक बहस नसकिँदासम्म उनीहरूलाई हिरासतमा राख्न आदेश गरेको हो ।

सहारा सहकारी ठगी मुद्दामा बुधबार लामिछानेको बयान सकिएर थुनछेक बहस सुरु भएको छ । उनीविरुद्ध मंगलबार मुद्दा दर्ता भएको थियो । बुधबार उनी कार्यालय समयमै जिल्ला अदालत चितवनमा हाजिर भएका थिए । 

Comments

KATHMANDU WEATHER