Loading...
Logo
Image

अध्यादेश आज निर्णयार्थ पेस नहुने

सरकारले ल्याएका छवटा अध्यादेश संघीय संसदका दुवै सदनमा आज निर्णयार्थ पेस नहुने भएका छन् । 

प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको  बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूचीमा थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा संघीय संसदका दुवै सदनको बैठकको कार्यसूचीबाट अध्यादेश पेस गर्ने विषय हटाइएको हो ।

राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाएका छन् ।

 

जसपा नेपालसँगको छलफल टुंगोमा नपुगेकाले सरकार राष्ट्रियसभा बैठकमा आज अध्यादेश निर्णयार्थ पेस गर्ने निर्णयबाट पछि हटेको हो ।प्रतिनिधिसभामा भने सत्तापक्षको लगभग दुईतिहाइ बहुमत छ । 

Comments

KATHMANDU WEATHER