Loading...
Logo
Image

नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध निर्वाचित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंमा जारी महाधिवेशनमा महिला उपाध्यक्षमा मानुषी र दलित उपाध्यक्षमा सोबको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

अध्यक्षमा भने डा. बाबुराम भट्टराईलाई नेत्र चापागाईँले चुनौती दिँदैछन् । काठमाडौंमा जारी महाधिवेशन बाट ११ पदाधिकारीसहित ९९ जनाको कार्यसमिति चयन गर्नेछ । 

Comments

KATHMANDU WEATHER